सुनको भाउ आज ९१ हजार ७ सय निर्धारण

सुनको भाउ आज ९१ हजार ७ सय निर्धारण

२४ वैशाख, काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।

सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.