बहराइनका राजकुमारसहितको टोली सगरमाथाको शिखरमा

बहराइनका राजकुमारसहितको टोली सगरमाथाको शिखरमा

२८ वैशाख, विराटनगर ।
बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन्।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।

राजपरिवारको टोली आज बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेको नेपाल पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.