२८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
‘अक्सिजनको सहज आपूर्ति तत्काल गर्न र नागरिकको जीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने यी कुरालाई सम्वन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरि एउटा कार्य समितिको निर्माण गरि समास्याको समाधान प्रभावकारीरुपमा गर्नु गराउनू।’ आदेश पत्रमा भनिएको छ ।
सर्वोच्चले सरकारलाई देशभरका अस्पताल र अक्सिजन अभावका बारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ।