कोरोनाबाट एमाले नेता चौलागाईंको निधन

कोरोनाबाट एमाले नेता चौलागाईंको निधन

२९ बैशाख, काठमाडौँ । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । गत साता कोरोनाबाट संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.