२९ बैशाख, काठमाडौँ । धनगढी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई २१ले पराजित गर्दै धनगढीले फाइनलको यात्रा तय गरेको हो ।
खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।
तर, ७८औं मिनेटमा धनगढीका पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको १०८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को जि दिलाए ।
पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अवसर पाउनेछ । । काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।
इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ । ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।