नयाँ सत्ता समीकरणमा देउवालाई सकस

नयाँ सत्ता समीकरणमा देउवालाई सकस

२९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनाल–नेपाल समूहसँग पनि छलफल गरिरहेका छन् ।

आफ्नै पार्टीको पदाधिकारी बैठकबाट नयाँ सरकार बनाउन तयारी थाल्न अनुमोदन पाएसँगै उनले आफ्नै निवासमा हिजो बेलुकी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलसँग छलफल गरेका थिए ।

आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधिसभा बैठक बहिस्कार गरेको खनाल–नेपाल समूहले पनि प्रधानन्त्रीको विकल्पमा कांग्रेस सभापति देउवालाई सहज वातावरण सिर्जना गर्ने या पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्नेबारे छलफल गरिरहेको छ ।

यो समूहका केही नेताले पार्टीभित्रै संघर्ष गर्नुपर्ने र सरकार परिवर्तनको विषयमा धेरै महत्व दिन नहुने बताउन थालेका छन् । माधव नेपाललगायत नेताहरुले भने विपक्षी गठबन्धनलाई सहज हुने गरेर आफूहरुले गतिविधिलाई अघि बढाउनुपर्ने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.