काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहान घाम लाग्ने, दिउँसो पछि पानी पर्ने

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहान घाम लाग्ने, दिउँसो पछि पानी पर्ने

२९ बैशाख, काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अन्य क्षेत्रको मौसम भने आंशिकदेखि पूर्ण बद्ली रहेको मौसमविद् राजु प्रधानांगले बताए ।

उनका अनुसार अहिले लुम्बिनी, कर्णाली प्रदेश र प्रदेश २ को पूर्वी पहाडी क्षेत्रको मौसम पूर्ण बद्ली छ । यस्तै, वाग्मती, गण्डकी र प्रदेश १ का धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

काठमाण्डौमा अहिले घाम लागे पनि दिउँसो पछि मौसम बद्ली भइ पानी पर्ने मौसमविद् प्रधानांगले जानकारी दिए ।

उनका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने अनुमान छ । नेपालमा आज पनि पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.