खाडी मुलुकबाट ६ सय थान अक्सिजन सिलिण्डर नेपाल आउने तयारीमा

खाडी मुलुकबाट ६ सय थान अक्सिजन सिलिण्डर नेपाल आउने तयारीमा

२९ बैशाख, काठमाडौं । नेपालमा भइरहेको कोभिड १९ को उच्च जोखिम महामारीलाई सघाउनका लागि विदेशमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेका छन् ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली संघले जनाएको छ ।

मध्यपूर्वि एसिया मुलुकमा रहेका सवै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउने तयरी भइरहेको सघंले जानकारी दिएको हो ।

अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससंग समन्वय गरिरहेको पनि संघले जनाएको छ । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पु–याउने गरी काम भइरहेको संघले जनाएको हो ।

अक्सिजना खरिद गर्नका लागि नेपाली लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर खर्च हुने संघले जनाएको हो ।

गैह्र आवासिय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको संघले जनाएको छ ।

अक्सिजन अभावमा नेपाली जनताले मृत्युवरण गरेको समाचारले खाडीमा रहेका नेपालीमा चिन्ता पैदा भएको भन्दै स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु गरिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले बताए ।

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.