‘विदेशीको सहयोगमा भएपनि अक्सिजन आपूर्ति गर्नुपर्छ’

‘विदेशीको सहयोगमा भएपनि अक्सिजन आपूर्ति गर्नुपर्छ’

२९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले विदेशीको सयोगको लिएर भए पनि अक्सिजन आपूर्तिमा तत्काल सहज बनाउन सरकारसँ आग्रह गरेका छन्। बुधबार सामाजिक संञ्जाल फेसबुक मार्फत नेता शर्माले सरकासंग यस्तो माग गरेका हुन् ।

उनले ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसधान ४ वटा जहाजहरू समेत प्रयोग गरी सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गर्न सरकारसंग जोडदार माग गरेका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्, ‘म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु।’

उनले अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्नेबारे जानकारी गराउन समेत माग गरेका छन्। ‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्।

काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस्,’ भन्दै शर्माले माग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.