झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

३० वैशाख, झापा । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.