छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्‍याए ठाकुर र महतोले

छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्‍याए ठाकुर र महतोले

३० बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।

सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पु¥याएका हुन्।

अहिले छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार बनाउन दिएको समयसीमा सकिन केही घन्टामात्र बाँकी रहँदा विपक्षी दलका नेताहरुको भेटवार्ता तीव्र भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.