नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल

नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल

३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्रराष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृनिकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवनरक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.