३० बैशाख, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ ।
बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ ।
बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।
मर्जरपछि निक्षेप तीन खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । नयाँ बैंकका एक सय ५२ शाखा हुनेछन् भने २५ सय कर्मचारी रहनेछन् ।