‘संसदमा विश्वासको मत लिन नसकेका ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएको छ’

‘संसदमा विश्वासको मत लिन नसकेका ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएको छ’

३१ बैशाख, काठमाण्डौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत लिन नसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयौँ संशय उब्जाएको उनले बताए ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले देशको राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयौँ संशय उब्जाएको बताएका हुन् ।

उनले अझै पनि संसद् विघटन गर्ने प्रयत्न जारी नै रहेको दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.