नेपाल–खनाल समूहबाट धोका भयो भनेर अहिले नै टिप्पणी गर्न चाहन्नँ : प्रचण्ड

नेपाल–खनाल समूहबाट धोका भयो भनेर अहिले नै टिप्पणी गर्न चाहन्नँ : प्रचण्ड

३१ बैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेपाल–खनाल समूहबाट धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको बताए ।

सरकार गठनमा नेकपा एमालेको नेपाल–खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए ।

यस्तै उनले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको सङ्घर्ष चलिरहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुनः प्रधानमन्त्री बनेपछि प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका छन् ।

उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.