१ जेठ, भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन थालेको छ ।
६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरि आजदेखि बिरामीलाई दिन थालिएको छ ।
हिजो बेलुकादेखि सञ्चालनमा आएको प्लान्टबाट दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ ।
एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरी परीक्षण सफल भएको र आजदेखि उत्पादन र वितरण थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आईसीयू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ विरामीलाई दिन थालिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एअर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो । मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन थालेको छ ।
६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरि आजदेखि बिरामीलाई दिन थालिएको छ ।