आर्यघाटमा पुग्ने लाशहरुको संख्या घटाउने प्रयत्न गरौंः गगन थापा

आर्यघाटमा पुग्ने लाशहरुको संख्या घटाउने प्रयत्न गरौंः गगन थापा

१ जेष्ठ, विराटनगर ।
नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीसँग मिलेर काम गर्न आह्वान गरेका छन्।

थापाले आज भिडियो सन्देश जारी गर्दै कोरोनाविरुद्धको महामारीको सेनापति ओली भएको उल्लेख गर्दै यस्तो बेला मिलेर काम गर्न आह्वान गरेका हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि कोरोनाविरुद्धको महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी तपाईको काँधमा आएको छ, थापाले भनेका छन्।

यस्तो बेला पार्टीको विवाद मिलाउन वा चर्काउन लाग्नुभन्दा जनताको ज्यान जोगाउन लाग्नुपर्ने उनको अनुरोध रहेको छ। अब केही दिनि छाडिदिनुस् पार्टीभित्रको विवाद मिलाउन वा चर्काउन सबै कुरा छाडिदिनुस्।

केही दिनलाई सभासम्मेलन भेटघाट उद्घाटन शिल्यानास गर्न बन्द गरिदिनुस्, थापाले भिडियोमार्फत भनेका छन्, केही दिनलाई बोल्न बन्द गरिदिनुस्। यथार्थलाई स्वीकार गरिदिनुस्। तपाईको सम्पूर्ण ध्यान समय महामारीविरुद्धको युद्धमा लगाउनुस्।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आफ्नो अनेक असन्तुष्टि रहे पनि अहिले यो थाती राख्न आफू तयार रहेको थापाले बताएका छन्। तपाईप्रति धेरै असन्तुष्टि छन्। तपाईको वचन र कर्मप्रति धेरै असन्तुष्टि छन्।

तर म केही दिनका लागि असन्तुष्टि थाती राख्न तयार छु, उनले थप भनेका छन्, तपाई इमान्दारीपूर्वक यो महामारीसँग जुधिरहेका नेपालीहरुको जीवन जोगाउन लागिपर्ने हो भने म र मजस्तै कैयान्लाई तपाईको नदीको अर्को किनारामा हैन तपाईसँगै उभिएको पाउनुहुनेछ।

तपाईलाई मद्दत गरिरहेको पाउनुहुनेछ। तपाईको सरकारलाई सफल बनाउनका निम्ति लागिरहेको पाउनुहुनेछ। म अनुरोध गर्न चाहन्छु।

यसपटकको मौकालाई खेर नफाल्न र आर्यघाटमा पुग्ने लाशहरु घटाउन मिलेर काम गर्नसमेत उनले प्रस्ताव गरेका छन्। तपाईले एकपटक फेरि मौका पाउनुभएको छ।

यो मौकालाई खेर नफालौं यो पटक अलि फरक ढंगले काम गरौं, नेता थापाले भनेका छन्, तपाई र हामी मिलेर जिवनबाट आशा गुमाएकाहरुलाई आशा दिने प्रयत्न गरौं। अक्सिजन नपाएर छट्पटिएकाहरुलाई सास दिने प्रयत्न गरौं।

अनि आर्यघाटमा पुग्ने लाशहरुको संख्या घटाउने प्रयत्न गरौं। मिलेर गरौं।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.