२ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्विकार गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले महाविपत्ति उन्मुख देशलाई निकास दिन ब्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको बताएका हुन् ।
केहीदिन अघि ओलीनिकट नेकपा एमालेका नेता महेश बस्नेतले एक सञ्चारमाध्यममा भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको बताएका थिए । त्यसपछि भट्टराईले आज प्रष्टीकरण दिएका हुन् ।
यस्तै, भट्टराईले ओलीलाई आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको पनि बताएका छन् । तर, ओलीले उक्त प्रस्ताव नमानेपछि अरूलाई नभनेको उनको भनाई छ ।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।’ उनले ट्वीटमार्फत् भनेका छन्,
‘मैले वर्तमान÷पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊकक भनेकै हो।वहाककले नमानेपछि अरूलाई नभनेको हुकक।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’