४ जेठ, काठमाडौं ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।