नेपालमा रोकिएका भारतीयलाई चार्टर विमानमार्फत् साउदी अरब लगिँदै

नेपालमा रोकिएका भारतीयलाई चार्टर विमानमार्फत् साउदी अरब लगिँदै

४ जेष्ठ, काठमाडौं ।
निषेधाज्ञाका कारण नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत् उनीहरुको गन्तव्यस्थल साउदी अरब लगिँदैछ।

आज र भोलि गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत् साउदी अरब पुर्‍याउन लागिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार आज र भोलि गरी नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सका विमानले ३ वटा उडान गर्नेछन्। भारतीय दूतावासको आग्रह गरेपछि नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब पुर्‍याइदिन लागिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

साउदी अरबले भारतको सिधा उडान रोकेपछि भारतीयहरु नेपाल हुँदै त्यसतर्फ गइरहेका थिए।

नेपालमै रोकिएका अन्य देशका नागरिकलाई पनि गन्तब्यमा पुर्‍याइदिने उद्देश्यले अर्को हप्ता कतार एयरवेज र टर्किस एयरवेजलाई पनि उडान अनुमति दिने तयारी भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.