‘चीनबाट ल्याइएको अक्सिजन सिलिन्डर पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दूरूपयोग’

‘चीनबाट ल्याइएको अक्सिजन सिलिन्डर पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दूरूपयोग’

४ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चीनबाट ल्याइएको अक्सिजन सिलिन्डर पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दूरूपयोग भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् पुनले अक्सिजन सिलिन्डर सत्तारुढ दलका नेता, सांसद, आफन्तको घरमा राखिएकोबारे तुरुन्त छानबिन गर्न मागसमेत गरेका छन् ।

‘चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,साँसद र आफन्तको घरमा राखिनु वा पहुचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग एबम भ्रस्टाचार हो÷ तुरून्त छानबिन गरियोस÷ सरकारले सिलिन्डर कँहा,कसरी बितरण गरियो ? सार्वजनिक गरोस÷प्राथमिकताको निर्धारणा गरी बितरण गरियोस नकी पहुचका आधारमा’ पुनले ट्विट गर्दै भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.