मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च जाने चार दलको निर्णय

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च जाने चार दलको निर्णय

५ जेठ, बुटवल ।

लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा प्रदेश प्रमुखले गरेको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेको विपक्षी चार दलको तर्क छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.