७ जेष्ठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए ।
उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।