बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री ओली

बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले बजेट ल्याउने जानाकारी दिए।

‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ ।

र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ, १५ गते अध्यादेशबाट जारी हुन्छ। एउटा औपचारिक कार्यक्रममा त्यसको वाचन गरिनेछ।’ ओलीले भने ।

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.