९ जेठ, काठमाडौं ।
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले अघिल्लो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।
महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर कोरोना भाइरसको खोप लगाउनका छुटेका प्रतिष्ठान प्रदेशका ६ सय पत्रकारलाई खोपको व्यवस्थाका लागि ध्यानाकर्षण गराएका हुन् ।
यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग प्रदान गर्न पनि आग्रह गरिएको छ । त्यसका साथै सङ्क्रमित प्रतिष्ठान प्रदेशका पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
महासङ्घले सूचना विभागले उपलब्ध गराउने प्रेस पास पाउने सञ्चारकर्मीको अधिकार भएकाले त्यसलाई सहजीकरण गर्न पनि ध्यानाकर्षण गराउँदै प्रतिष्ठान प्रदेश सकेसम्म महासङ्घका सबै सदस्यको अनिवार्य स्वास्थ्य बीमाको व्यवस्था मिलाउन माग गरेको छ ।
क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि पहुँच र प्रभावको आधारमा नभइ निश्चित कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।