गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

११ जेठ, काठमाडौं ।

गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ ल्याइएको थियो ।

गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।

३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.