‘प्रधानमन्त्रीले प्रधानन्यायाधीश र विदेश दूतसँग पटकपटक भेट्नु शुभसंकेत होइन’ : बाबुराम भट्टराई

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीश र विदेश दूतसँग पटकपटक भेट्नु शुभसंकेत होइन’ : बाबुराम भट्टराई

११ जेठ, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यरातमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीचको भेट र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । खिलराज रेग्मी प्रकरण दोहोरिन नहुने उनको भनाई छ ।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार÷हल्ला ककोकतन्त्रकालागि शुभसंकेत हैनन्!’ उनले भनेका छन्, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम÷नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान÷लोकतन्त्र मास्ने खेल पूरा नहोस् !’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.