११ जेठ, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभाको ल्होत्से हलमा जारी बैठकमा पूर्वसभामुख तथा नेकपा (एमाले)का नेता सुवास नेम्वाङबाहेकका पूर्वसभामुखहरु सहभागी छन् ।
बैठकमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सभामुखले डाकेको बैठकमा सशरीर उपस्थित भएका छन् भने पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउँदै छन् ।
संसद विघटनपछिको राजनीतिक अवस्थाबारे परामर्श गर्न सापकोटाले बैठक बोलाएका हुन् ।