११ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
बैठक बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो। पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विपक्षी गठबन्धन आफूलाई बहुमत सदस्यको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै सोमबार सर्वोच्च अदालत गएका थिए।