१२ जेष्ठ, विराटनगर ।
भारतले नेपालको राजनीतिक मामिला आन्तरिक तबरबाटै समाधान हुनुपर्ने बताएको छ ।
भारतीय विदेश मन्त्रालयले वक्तव्य मार्फत भनेको छ– नेपालको राजनीतिक घटनाक्रम भारतको नोटमा छ । हामी नेपालको समस्या आन्तरिक तबरबाटै समाधान चाहान्छौँ ।
नेपालको स्थायीत्व विकास र समृद्धिमा भारतले निरन्तर सहयोग गर्ने उसले बताएको छ ।
प्रतिनिधिसभा विघटनमा भारतको हात रहेको भन्दै आलोचना खेपेपछि उसले वक्तव्य निकालेको हो ।
