१४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा यताको २५ दिन निकै कष्टकर रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसबीचमा २ लाख संक्रमित थपिएको र ३ हजारले ज्यान गुमाएको भन्दै दुःख व्यक्तसमेत गरे ।
उनले अहिले अवस्था सुधारतर्फ अघि बढेको बताएका छन् । अहिले स्वास्थ्य प्रणालीमा सुधार भएकोसमेत बताए ।
‘अहिले अक्सिजनको सहज आपूर्ती हुँदै आइरहेको छ, कोभिडजस्तो प्राणघातक रोगसँग जुध्न एकीकृत कार्यदिशा, कानुन चाहिएकाले अध्यादेश र प्रधानमन्त्रीको मातहतमा निर्देशक समिति बनाइएको छ, २४ घण्टा नै घट्न संयन्त्र बनाइएको, वीरलाई युनिफाइड कोभिड अस्पताल बनाइएको छ र आवश्यक पर्दा जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने कानुन बनाइएको छ ।’ ओलीले भने ।
उनले आफ्नो गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्ट्रमा रहेका नेपालीहरूलाई धन्यवाद पनि दिए ।