जसपामा २४ घण्टे स्पष्टीकरणको जुहारी

जसपामा २४ घण्टे स्पष्टीकरणको जुहारी

१६ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन्। यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो।

यसअघि जेठ ११ गते दुवै पक्षले तीन÷तीन दिनको स्पष्टीकरण सोधेका थिए। पहिलो पटक सोधिएको स्पष्टीकरणमा दुवै पक्षले जवाफ पठाएनन्।

दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ नदिने भएका छन्। स्पष्टीकरण सोधिएको अवधि समाप्त भएमा एकले अर्कालाई कारबाही गर्ने तयारी दुवै पक्षले गरेका छन्।

दुवै पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासित गर्ने तयारीमा पुगेको छ। शनिबार बिहान उपेन्द्र यादवले महन्थ ठाकुर र ठाकुरनिकट राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधे।

स्पष्टीकरण चित्त नबुझे पार्टीबाट निकाल्ने चेतावनी यादवले दिएका छन्। यादव पक्षबाट स्पष्टीकरण सोधिएको लगत्तै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेका छन्।

ठाकुरले सोधेको स्पष्टीकरण पनि २४ घण्टाका लागि समय दिइएको छ। ठाकुरलगायत ठाकुरनिकट नेताहरूलाई सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् भने यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुर आफैंले हस्ताक्षर गरेका छन्

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.