ग्यासको सिलिन्डर पड्किँदा चितवनमा आमा–छोरा घाइते

ग्यासको सिलिन्डर पड्किँदा चितवनमा आमा–छोरा घाइते

१६ जेठ, चितवन ।

भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हो ।

आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.