कोरोना खोप खरिदमा सहजीकरण गर्न राष्ट्रपति भण्डारीले पुटिनलाई पठाइन् पत्र

कोरोना खोप खरिदमा सहजीकरण गर्न राष्ट्रपति भण्डारीले पुटिनलाई पठाइन् पत्र

१६ जेठ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालयमार्फत् पत्र पुटिनलाई दिने तयारी गरेको छ ।

नेपालले रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको छ । यसअघि भण्डारीले अमेरिका, चीन, भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग कोरोना खोप खरिद गर्न पत्र तथा संवाद गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.