१७ जेठ, काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत भट्टराईले अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति रहेको उल्लेख गर्दै विचार मिल्नेहरु एकातर्फ लाग्ने बेला भएको बताएका हुन् ।
नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने भन्दै मान्छे तानातानमा नलाग्नसमेत उनले आग्रह गरेका छन् ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाकक निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।’ उनले भनेका छन्, ‘समयले नयाकक ध्रुवीकरण खोज्दैछ।
अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊकक!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ !’
पछिल्लो समय जसपा विभाजनको संघारमा पुगेको छ । एक अर्का पक्षमाथि स्पष्टिकरणको जुहारी चलेको छ ।
भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा लागेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्नमा प्रयत्न छ भने जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्व सरकारमा सहभागी हुने तयारीमा छ ।