१७ जेठ, बुटवल ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहिबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।
सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधिले मत खसालेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । तर, तीन जनप्रतिनिधि अनुपस्थित रहेका थिए ।
एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । खड्कालाई एमालेबाट चुनाव लडेका हुन् भने पाण्डेलाई काँग्रेस, माओवादी र जनमोर्चाको समर्थन छ ।