किशोर विश्वकर्मा
विराटनगर, असार १२
विराट व्यापार संघ केन्द्रीय कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको छ । संघको १८ औँ स्थापना दिवसका अबसरमा विराटनगरमा भैरहेको रगतको अभाव पूर्ती गर्ने उदेश्यले ब्लक बैंक विराटनगरको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ४७ जनाले रक्तदान गरेका हुन् ।
दिवसकै अबसरमा संघले रामलाल गोल्छा आँखा अस्पताल र न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क मधुमेह तथा आँखा शिविर समेत आयोजना गरेको छ ।
शिविरमा १ सय १० जनाले मधुमेह तथा ७५ जनाले आँखा परिक्षण गराएको विराट व्यापार संघका उपाध्यक्ष जितेन्द्र गोल्छाले जानकारी दिए । शिविरको उद्घाटन सांसद मोति दुगडले गरेका थिए । रक्तदान तथा शिविरमा विराट व्यापार संघका पूर्व अध्यक्ष यादव पोखरेल, अध्यक्ष शिव रिजाल लगायत उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।