१९ जेठ, काठमाडौं ।
काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कशप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् ।
बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरुको (सिडिओ) बैठकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गर्दै वर्कशप खोल्ने सम्बन्धी यस्तो निर्णय गरेको हो ।
अब वर्कशप व्यवसायीले राति ९ बजेदेखि विहान ९ बजेसम्म खोल्न पाउने भएका छन् । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कशप बन्द गरिएको थियो ।
योसँगै अब उपत्यकाभित्र सञ्चालित सबै खाले वर्कशपहरुले रात्रीकालीन व्यवसायका साथै बिहानी सेवामा १२ घण्टा व्यवसाय खोल्न पाउने भएका छन् ।