माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

२० जेठ, काठमाडौँ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आह्वान गरेको बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गरेर पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले खनाल नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अवैधानिक र गैरकानूनी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका हुन् ।

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”,

विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

नेपाल पक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भर्चुअल रूपमा बस्नेछ । आजै अपरान्ह ४ बजे ओली पक्षको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.