‘गोर्खा सैनिकको योगदान सम्झिएर बेलायतले कोभिड खोप सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ’

‘गोर्खा सैनिकको योगदान सम्झिएर बेलायतले कोभिड खोप सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ’

२२ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् ।

‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समस्याबारे आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बेलायतमा रहेका गोर्खा सैनिकहरुको योगदानका कारण बेलायतले कोभिड सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।

प्रधानन्त्रीले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको समेत उल्लेख गरेका छन् ।

‘गोर्खा सैनिकहरुले उनीहरुको जीवनलाई नै खतरामा राखेर धेरै वर्षदेखि बेलायतमा काम गरिरहेका छन्,’ ओलीको भनाइ छ, ‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा छन्, त्यसैले दुई मुलुकको बीचमा बलियो कनेक्सन छ ।’

प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसँग खोपका लागि आग्रह गरेपछि बीबीसीले बेलायतका विदेश मन्त्रालयसँग पनि कुरा गरेको छ । बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोराना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गरेका छन् ।

विदेश मन्त्रालयका प्रवक्ताले स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने मुलुकहरुमध्ये बेलायत अग्रपंक्तिमा रहेको बताए । विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स मार्फत नेपाललाई खोप उपलब्ध गराउने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.