कर्णाली मन्त्रीपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रीपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

२३ जेठ, काठमाडौं ।

कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् ।

मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.