प्रदेश १: अधिवेशनको पूर्वसन्ध्यामा माओवादीले फिर्ता लियो समर्थन

प्रदेश १: अधिवेशनको पूर्वसन्ध्यामा माओवादीले फिर्ता लियो समर्थन

२३ जेठ , काठमाडौं ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

फागुन २३ गते सर्बोच्च अदालतले नेकपा एकता भङ्ग गरिदिएपछि चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएको थियो । सोमबारबाट सुरु हुने बजेट अधिवेशन अघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

सरकारका गतिबिधिविरुद्ध आलोचक रहेको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

१५ दिन अगाडि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेको सरकारले बोलाएको प्रदेश सभाको अधिवेशन सोमबारबाट सुरु हुँदैछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.