पार्टीभित्र चलखेल गर्नेलाई भुसालले भने – ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्’

पार्टीभित्र चलखेल गर्नेलाई भुसालले भने – ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्’

२४ जेठ, काठमाडौं ।

नेकपा एमालेका नेता घनश्याम भूसालले फेरि आफूहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन्।

पार्टी विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादमा रहँदा आफूहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको भुसालले बताएका हुन् ।

आफूहरुले पार्टीको एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको उनको भनाइ छ।

‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

भुसालले सामाजिक सञ्जालमार्फत् भने, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन ।’

पार्टीभित्र चलखेल गर्ने व्यक्तिहरुप्रति लक्षित गर्दै भुसालले भने, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.