सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

२५ जेठ, काठमाडौँ ।

सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो ।

कोरोना भाइरस नियन्त्रण एवं परिचालनका लागि आवश्यक पाललगायत बन्दोबस्तीका सामान खरिद गर्दासमेत ठेकेदारसँगको मिलिमतोमा सार्वजनिक खरिद ऐनविपरीत गरिएको भन्दै छानबिन माग गरिएको छ ।

अख्तियारले उजुरीको प्रकृति गम्भीर देखिएकाले आवश्यक छानबिन थालिएको जनाएको छ । अख्तियारका एक अनुसन्धान अधिकारीका अनुसार सशस्त्र प्रहरी बलमा भएका खरिद प्रक्रिया र विभिन्न शीर्षकमा भएका खर्चबारे गम्भीर छानबिन थालिएको छ ।

छानबिन क्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक खनालसँग सोधपुछसमेत गरिएको ती अधिकारीले दाबी गरेका छन् । अख्तियारले खनाललाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.