इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गयो

इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गयो

२५ जेठ, इलाम ।

इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए ।

बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.