प्रचण्डको विश्वास: सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ

प्रचण्डको विश्वास: सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ

२५ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले न्यायालयले संविधान नै हेर्ने भएकोले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास गरे ।

गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै प्रचण्डले भने, ‘अदालतले पनि हेर्ने भनेको संविधान नै हो। संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन । अहिले झन् नांगो रुपमा संसद विघटन गरिएको छ । त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस, एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा उभिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.