बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो

बिदामा आएर रोकिएका श्रमिकको पुनः श्रमस्वीकृति खुल्यो

२६ जेठ, काठमाडौं ।

कोभिड संक्रमणका कारण अन्तराष्ट्रिय हवाई सेवा बन्द रहेको जनाउँदै रोकिएको श्रमस्वीकृति आंशिक रुपमा खुला भएको छ ।

वैशाख २४ बाट भौतिक रुपमा उपस्थित भएर लिने श्रमस्वीकृति सेवा बन्द गरिएको थियो । लगभग एक महिना रोकिएको श्रमस्वीकति हाललाई बिदामा आएका श्रमिकका लागि मात्र खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरोना संक्रमणका कारण भौतिक रुपमा कार्यालयमा नै उपस्थित भएर लिने तत्कालका लागि पुनः श्रमस्वीकृति मात्र दिने गरी बुधबारबाट सुचारु गरिने विभागको ताहचल कार्यालयले जनाएको छ ।

कार्यालयका अधिकृत प्रदीपकुमार ढकालका अनुसार कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी वैशाख २४ देखि कार्यलयमा भौतिक उपस्थित भई लिनुपर्ने सेवा केही समय स्थगित गरिएको भएपनि वैशाख २६ बाट सुचारु हुने छ ।

उनले हरेक बुधबार पुनः श्रम स्वीकृतिको हकमा यसअघि बायोमेट्रिक नभएका श्रमिकहरुका लागि मात्र सेवा दिने गरी सुचारु भएको पनि बताए ।
यसअघि भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने मापदण्डमा परेको श्रमिकको श्रम स्वीकृतिको काम हवाई सेवा सुचारु नभएसम्म स्थगित गरिएको थियो ।

तर अनलाइनबाट श्रम स्वीकृति सेवा लिने श्रमिकका लागि भने कोटा प्रणालीबाट निश्चित संख्यामा श्रम स्वीकृति जारी भइरहेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.