अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

२७ जेठ, अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिए । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.