सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने

२८ जेठ, काठमाडौँ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ ।

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले पछिल्ला राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतासँग छलफल गर्न लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली जाने÷नजाने निश्चित भइसकेको छैन। बैठकबारे हालसम्म कुनै पत्र नआएको र जाने सम्भावना नरहेको उनको सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.