खेतमा खनिएको पोखरीमा डुबेर धनुषामा ५ बालिकाको मृत्यु

खेतमा खनिएको पोखरीमा डुबेर धनुषामा ५ बालिकाको मृत्यु

२८ जेठ, धनुषा ।

धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन् ।

बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.